यी हुन् संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीबाट बिभुषित हुने पत्रकारहरु 

यी हुन् संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीबाट बिभुषित हुने पत्रकारहरु 

काठमाडौं, ३ असोज । आज संविधान दिवस । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्याएका कर्मठ नेपालीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसै सन्दर्भमा नेपाली पत्रकारिता क्षेत्रमा विगत लामो समयदेखि योगदान पुर्याउने पत्रकारहरु पनि सम्मानित हुँदै छन् ।

राष्ट्रपति भण्डारीबाट बिभिन्न मानपदवी, अलंकार र पदकद्वारा बिभुषित हुने पत्रकारहरुमा बलराम थापा, गंगा बराल, माधव नेपाल, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, देवराम यादव, गोपाल गुरागाई, गोबिन्द प्रसाद चौलागाई, फुलमान बल, लक्ष्मी पुन, मोहन चापागाई, सुभाष खतिवडा, बिदुर गिरी, छेटु शर्पा लगायत छन् । यो सूचना गोरखापत्र दैनिकमा प्रकाशित छ ।