संविधानमा नमिलेका धारा र दफा सच्याउँदै अघि बढ्न सकिन्छः प्रधानमन्त्री ओली
काठमाण्डौ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा, दफामा के पायौँ के पाएनौँ भनेर किचलो गरेर बस्नुभन्दा पनि कहाँ के मिल्दैन त्यो सच्याउँदै अघि बढ्न सकिने बताएका छन् ।
संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान दिवस फगत तामझामका लागि मात्रै नभइ नेपालीको विशेष दिन भएको पनि बताए । उनले संविधानमा नमिलेका धारा र दफा सच्चाउँदै अघि बढ्ने प्रतिबद्धता सुनाए ।
आजको दिन कुनै उर्दी र तामेली दिए जस्तो नभई प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव रहेकाले सबैले उत्साहका साथ दिवस मनाउन प्रम ओलीको आग्रह थियो ।
प्रतिक्रिया