मोदी सरकारले भारतीय रेलवे नीजी क्षेत्रलाई बेच्ने योजना बनाउँदै 

मोदी सरकारले भारतीय रेलवे नीजी क्षेत्रलाई बेच्ने योजना बनाउँदै 

काठमाडौ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भारत सरकारको स्वामित्वमा रहेको रेलवे सेवा नीजी क्षेत्रलाई बेच्ने योजना बनाउन लागेको छ ।

नीजी क्षेत्रको रेलवे सेवामा नीजी क्षेत्रको पूर्ण एकाधिकार हुने जनाइएको छ ।

सेवाग्राहीलाई ढिला सरकारी रेलवेको उपयोग गर्ने वा समयमा पु¥याउने नीजी रेलवेको उपयोग गर्ने स्वतन्त्रता हुनेछ ।

१५० रुटमा नीजी क्षेत्रको रेल सेवा सञ्चालनमा आउने छ ।

यो सन् २०२०को अन्त्यतिरबाट यसका सम्झौता वितरण गर्ने कार्य शुरू हुने गरी योजना तयार गरिएको छ ।

नयाँ रेलले नयाँ व्यवस्था अनुरूप सन् २०२३–२४ आर्थिक वर्षदेखि सञ्चालनमा आउने देखिएको छ ।

भारतमा नीजी कम्पनीले कन्टेनर सेवा उपलब्ध गराउँदै आएका छन् ।

अब यात्रु सेवामा पनि नीजी कम्पनीलाई ल्याइने भएको छ ।

रेलवे बोर्डका अध्यक्ष विनोद कुमार यादवले यसको खुलासा गरेका हुन् ।

नीजी क्षेत्रको रेल सेवाका लागि भाडा दर तत्सम्बन्धी नियामक  निकायले तय गर्ने छ ।