अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको अवसान, फेसबुकले पूर्व जानकारी बिना लोकप्रिय पेज प्रसारण रोक्यो

अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको अवसान, फेसबुकले पूर्व जानकारी बिना लोकप्रिय पेज प्रसारण रोक्यो

फेसबुकसँग उसको सामाजिक सञ्जाललाई नियन्त्रण गर्न सक्ने उपकरणको अन्यायपूर्ण ढंगले प्रयोग गरी अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको अवसान गरिएको छ ।

फेसबुकले माफिक मिडियाका पेजहरूलाई सञ्चालनमा आउनबाट रोकेको छ । माफिक मिडियाले अमेरिकी कम्पनी सीएनएनका लागि सार्वजनिक गरेको एक लोकप्रिय प्रसारित टुक्रालाई अमेरिकी थिंक टयांकले बन्द गर्न इशारा गरेपछि बन्द गरिएको सो मिडियाकी प्रमुख कार्यकारी अनिस्सा नाओउइले बताइन् ।

इन द नाउ, सोपबक्स, ब्याक देन र वेस्ट एडका एकाउन्टहरू मार्फत सञ्चालित पेजहरूलाई फेसबुकले गत शुक्रबार कम्पनीलाई बिना कुनै जानकारी बन्द ग¥यो । अमेरिकी नीतिको आलोचना गरिरहेका आवाजलाई प्रसारण हुन नदिन फेसबुकले पेजहरूलाई सञ्चालनमा आउन रोकेको नाओउइले बताएकी छिन् । उनले फेसबुकले पेज बन्द गरेको बारे कुनै जानकारी नदिएको र कम्पनीले सोधेको प्रश्नको मेलको जवाफ समेत नदिएको बताइन् । फेसबुकले हाल व्यवहारमा ल्याएको कुनै पनि शर्तको उल्लंघन कम्पनीले गरेको बताउँदै उनले यस्तो बताइन् । उनले भनिन् “तपाईले आर्थिक सहयोग गरिरहेको वा कुनै व्यक्तिले आर्थिक सहयोग गरिरहेको विषय वस्तुलाई फेसबुकमा पोस्ट गर्नुपर्ने कुनै प्रावधान फेसबुकले अहिले सार्वजनिक गरेको छैन ।” तर सञ्चालनमा रहेका पेजहरू प्रसारण गर्न कसले सहयोग गरिरहेको हो वा त्यसमा कुनै रूसी आबद्धता छ कि छैन त्यसबारे जानकारी हुनुपर्ने फेसबुकले खोजेको बुझिएको छ ।

नाओउईले भनिन् “फेसबुकले तीन दिन भित्र हामीसँग कुनै सम्पर्क गरेको छैन् ।” यी सबै प्रकरणमा अमेरिकी नीतिका बारेमा आलोचनात्मक अडान लिइएका पेजहरूलाई खारेज गरिएको छ । उनले भनिन् “हामीले त्यो संवादको आयोजना ग¥यौं जुन संवादहरू सीएनएन जस्ता अन्य नेटवर्कहरूमा आयोजना गर्न अनुमति प्राप्त हुँदैन् ।”

“लाखौं लाख रूचाइएको एक भिडियोले वासिङ्गटनटनका जनतालाई जानकारी लिन लगाएको छ । सीएनएनले हाम्रा भिडियोहरू उच्च गुणस्तरको रहेको जनयो । ती भिडियोहरू लोकप्रिय भयो र हामी आफ्नो लक्ष्य प्राप्त गर्न सफल भयौं ।”

माफिकका प्रमुख कार्यकारी नोआउईले जनाए अनुसार हालका भिडियोहरूमा भेनेजुएलामा अमेरिकी समर्थनमा गरिएको सत्ता कब्जाका प्रयासहरूबारे दर्शाइएको थियो । भेनेजुएलामा अमेरिकी समर्थनमा गरिएको सत्ता प्रयासका ती भिडियोहरूका कारण कम्पनीका पेजहरूमा रोक लगाएको उनको अनुमान छ ।

उनले भनिन् “हाम्रा प्रस्तुतिहरूले भेनेजुएलामा सत्ता कब्जा गर्न खोज्ने अमेरिकी अर्बपतिहरूको षडयन्त्रलाई अमेरिकी जनता समक्ष राख्न पुगेको छ ।”

नाओउईका अनुसार यो प्रकरणका केही विषय वास्तवमै अचम्म लाग्दा छन् । ती पेजहरू बन्द हुन केही घन्टा अघि सीएनएनले एक समाचार सार्वजनिक ग¥यो । सीएनएनले ती पेजहरू बन्द हुन गइरहेको जानकारी पहिले देखि पाएको आधारमा त्यो समाचारलाई ब्रेकिंग न्युजको रूपमा चलाएको उनले जनाइन् । उनले भनिन् “हाम्रा रोकिएका केही पेजहरू मध्ये केही टुक्रा सीएनएनले पनि सार्वजनिक गरिसकेको छ ।”

नाओउईले फेसबुकले चाहेमा विषयहरू पोस्ट गर्न पाउने नचाहे पोस्ट गर्न नपाउने विषयबाट अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको अवसान भइरहेकोमा चिन्ता व्यक्त गरिन् ।

फेसबुकले बनाएको शर्तका आधारमा हाम्रा पेजहरू सञ्चालित थिए र त्यसमा रोक लगाउनु भनेको अभिव्यक्ति स्वतन्त्रताको अन्त्य नभएर के भएको उनले प्रश्न गरिन ।

साथै फेसबुकलाई यसबारे जानकारी दिन उनले चुनौती दिइन् । रइना खालेकले भनिन् “फेसबुकले आज हामीसँग यस्तो व्यवहार गरेको छ । भोलि अरूसँग यस्तो व्यवहार गर्न सक्छ । फेसबुकले जनता के हेर्न चाहन्छन् के हेर्न चाहँदैनन् त्यसमा हैकम चलाउने होइन् ।”