संखुवासभामा भालु अतंक, आक्रमणबाट वडा सदस्य घाइते

संखुवासभामा भालु अतंक, आक्रमणबाट वडा सदस्य घाइते

संखुवासभा, असोज ६ ।  मकालु गाउँपालिका–२ का वडा सदस्य दावानुर्बु शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । 

आइतबार बेलुका सेदुवा च्याक्सेडाँडाको जंगलको अलैँची बगानमा  शेर्पालाई भालुले आक्रमण गरेको हो । 

भालुले आक्रमण गरेपछि शेर्पाले गुहार मागेका थिए । अलैँची बगानमा रहेका अन्य साथीहरुले भालु लखेटेका थिए । त्यसपछि उहाँलाई उपचारको लागि राति नै सेदुवाको स्वास्थ्य चौकीमा पठाइएको थियो ।

भालुको आक्रमणबाट शेर्पाको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । यस क्षेत्रमा भालुको आक्रमणबाट गएको वर्ष पनि २ जना गम्भीर घाइते भएका थिए ।