नेकपाका नेताहरुलाई प्रशिक्षण दिन चीनका विदेश विभाग प्रमुख नेपालमा 

नेकपाका नेताहरुलाई प्रशिक्षण दिन चीनका विदेश विभाग प्रमुख नेपालमा 

काठमाडौं, ६ असोज । नेकपाका नेताहरुलाई चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारका बारेमा प्रशिक्षण दिन चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ सोमबार नेपाल आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत होउ याङ की, नेकपाका नेताहरु बेदुराम भूषाल र विष्णु रिजालले स्वागत गरेका थिए । 

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको आतिथ्यतामा उनी नेपाल आएका हुन् ।