सस्तो प्याज किन्न दिल्लीमा उपभोक्ता लामबन्द
काठमाडौ । बजारमा प्याजको भाउ बढेपछि सरकारले सस्तोमा प्याज उपलब्ध गराउने स्थानमा उपभोक्ताहरू लामबन्द हुने गरेका छन् ।
भारतमा प्याजको मूल्य ७० देखि ९० भारुमा बिक्री हुन थालेयता दिल्लीमा पनि भाउ गर्न गएको हो ।
बजारमा प्याजको भाउलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले सस्तोमा प्याज बिक्री गर्न थालेको हो ।
प्रति किलो २२ भारुमा सरकारले प्याज बिक्री गर्न थालेको हो ।
कृषिमन्त्री नरेन्द्रसिंह तोमरले बजारको भाउ केही दिनमा सस्तो हुने बताए ।
सरकारसँग प्याजको भण्डारण पर्याप्त रहेको जनाउँदै किसान र उपभोक्ताको हितमा हुने सन्तुलनमा सरकारले ध्यान दिएको तोमरले बताए ।
वर्षाका कारण प्याजको आपूर्तिमा ढिलाइ भएका कारण मूल्यमा बृद्धि भएको हो ।
नेशनल कोअपरेतिभ कन्ज्युमर फेडरेशन अफ इन्डिया मार्फत सरकारले दिल्लीमा २२ भारु प्रतिकिलोको दरमा प्याज बिक्री भइरहेको छ ।
प्रतिक्रिया