प्याज र लसुन खानाले ‘ब्रेस्ट क्यान्सर’को जोखिम कम
काठमाडौ । महिलाहरूमा प्याज र लसुनको उपभोगले उनीहरूमा हुन स्तन क्यान्सर(ब्रेस्ट क्यान्सर)को जोखिम धेरै कम हुने अध्ययन परीक्षणबाट थाहा भएको छ ।
पुएर्तो रिकोका महिलाहरूमा गरिएको अध्ययनबाट यो नतिजा प्राप्त भएको हो ।
प्याज र लसुनसँगै हरियो प्याज र लसुन लगायत अन्य सयौं प्रजातिका वनस्पति अलियुम जीनसका भाग हुन् ।
तरकारीमा यसको प्रयोग स्वादका लागि गरिने भएपनि या मधुमेह, मुटुको रोग र क्यान्सर जस्ता रोगसंग लड्ने क्षमता भएको वनस्पति भएको प्रमाणहरू एक पछि अर्को गरी उदाइरहेका छन् ।
क्यान्सरका सन्दर्भमा केही महत्वपूर्ण अध्ययनबाट प्याज र लसुनको उपभोगले मलनली र मलासय , पोट, पुरूष ग्रन्थीहरूमा लाग्ने क्यान्सरको जोखिम कम गर्ने गरेको पाइएको छ ।
यो तरकारीको अधिक उपयोगले यस्ता क्यान्सरहरूको जोखिमलाई कम गराउँछ ।
न्यूयोर्कको युनिभर्सिटी अफ बुफालोमा महामारी विषयमा विधावारिधि गरिरहेकी तथा स्तन क्यान्सरसम्बन्धी अध्ययनकी अगुवा गौरी देसाइले अध्ययनबाट यस्तो पत्ता लागेको बताइन् ।
यो अध्ययन न्यूट्रिशन र क्यान्सर पत्रिकामा छापिएको जनाइएको छ ।
प्रतिक्रिया