पूर्णिमा निकट सहवासको डिम्बक्षरणबाट छोरा हुने धारणा कत्तिको ठीक ?
काठमाडौ । समयको उदयसँगै मानिसको मष्तिष्कमा चन्द्रमाले प्रभाव पारेको छ । विश्वभर हरेक उमेरका मानिसहरूले चन्द्रमालाई एक महत्वपूर्ण देवताको रूपमा पूजा आजा गरेको पाइन्छ ।
मानव जीवन र स्वास्थ्यलाई पार्ने वास्तविक शक्ति भएको विश्वासमा चन्द्रमाको पुजाआजा गरिन्छ ।
चन्द्रमाले मानिसहरूको जीवन र स्वस्थ्यमा पार्ने प्रभाव विषयमा विभिन्न अध्ययन भएको पाइन्छ ।
मेडिकलन्युज टुडेले चन्द्रकलासँगै महिलाको महिनाबारीको सम्बन्ध हुने विषयमा गरिएका अध्ययनहरू बारेमा उल्लेख गरेको छ ।
यो वर्ष दुनियाँले एपोलो एघारले चन्द्रमा अवतरण गरेको स्वर्णजयन्ती मनायो ।
अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थानले स्न २०२४मा अर्को मानवसहितको यान पठाउने योजना बनाएको छ ।
चन्द्रमा पृथ्वीको प्राकृतिक उपग्रह हो ।
पूर्णिमाका बेला मुगाले अण्डा दिने गर्छ भने नरनारी सहवास गर्छन् ।
मानिसहरूले यो समय सम्भोगका लागि साह्रै उचित मान्ने गरेका छन् ।
चन्द्रमा र पृथ्वीबीचको तनावले समुद्रमा ज्वार भाटा र छाल उठिरहन्छ ।
यसैगरी चन्द्रमाले पृथ्वीका भौतिक र मानिसक स्वास्थयमा प्रभाव पार्ने गरेको अवधारणा पाइन्छ ।
यस्ता धारणा सत्य भए नभएपनि महिनाबारी र चन्द्रकालासम्बन्धी चक्रबारे जानकारी दिने मोबाइ एप बनेका छन् ।
जसले उपभोक्तालाई चन्द्रकलाको आधारमा सहबास गर्न सल्लाह समेत दिन्छ र महिनाबारीको चक्र अनुसार ठेकान लगाउँछ ।
महिनाबारीको चक्र र चन्द्रकलाको चक्रबीचको सम्बन्धलाई बुझ्दा औसतरूपमा एक महिनाबारी र अर्को महिनाबारीबीचको अन्तर २८ दिनको हुन्छ ।
यो करिब करिब चन्द्रकलाको चक्र जत्तिको छ ।
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७ दिन ७ घन्टा र ४३ मिनेट लाग्छ र चन्द्रकलाको चक्र पूरा गर्न साढे २९ दिन लाग्छ ।
७०,८० र ९०का दशकहरूमा विभिन्न ठाउँमा महिनाबारी र डिम्बक्षरण अवधिको विषयमा साना साना अधययन गरिएको थियो ।
पूर्णिमा र औशीको चरणको रूपमा अध्ययन गरिएको थियो ।
पूर्णिमा हुनेसम्मको अवस्था र औंशीको अवस्थाबीच भएका यौनसम्बन्ध र तिनबाट ठहरिन पुगेका गर्भधारणसम्बन्धी अध्ययन गरिएका छन् ।
यी अध्ययनहरू मध्ये केहीले चन्द्रमा र महिनाबारी हुने हार्मोन मेलाटोनिनको चक्रबीचको परिवर्तनमा सम्बन्ध पाएको जनाएको थियो ।
सन् २००५मा नेपालमा भएको एक अध्ययन अनुसार पूर्णिमा हुन लागेको चहकिलो समयमा ठहरिएको गर्भबाट जन्मिने शिशु छोरा हुने र औंशीको बेलाको जन्मिने शिशु छोरी हुने पाइएको थियो ।
विश्वभर विभिन्न उमेरका महिलाहरूमा हुने महिनाबारी २१ देखि ३५ भित्रको अन्तरमा हुने गरेको पाइन्छ ।
यसबाट अधिकांश महिनाबारीको सम्बन्ध पूर्णिमाको चन्द्रकलासँग मिल्ने देखिदैन् ।
१ वर्ष अघि प्रजनन उमेर समूहका ७४ महिलामा गरिएको अध्ययनबाट वास्तवमा चन्द्रकला , महिनाबारी र प्रजननबीच कुनै सम्बन्ध नरहेको देखिएको छ ।
प्रतिक्रिया