पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा छैनः माधव नेपाल 

पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा छैनः माधव नेपाल 

काठमाण्डौ, ८ असोज । सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिँजाउन राजनीतिक दलहरुलाई चेतावनी दिएका छन् । उनले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको पनि बताएका छन् ।

पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाण्डौमा उद्घाटन गर्दै नेता नेपालले नेकपालाई जनताले सर्वाधिक रुचाएकाले नेपालमा लोकप्रिय हुन पुगेको स्पष्ट पारे ।
नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सतिसालझैँ उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यमबाट जनताको विश्वास लिएर शासन सत्ता सञ्चालन गर्ने मौका पटक पटक पाउने गरेको स्मरण पनि गरे ।