कृषि विकास बैंक चोरी प्रकरणका प्रमुख योजनाकार ‘काले’
काठमाडौं, ८ असोज । प्रहरीको प्रारम्भिक अनुसन्धानले कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणका प्रमुख योजनाकार काले भनिने पिटर भएको जनाएको छ ।
प्रहरीका अनुसार उनैले नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको हो ।
पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको हो । यस घटनामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
यो समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको पाइएको छ ।
प्रतिक्रिया