गीत संगीत : सामाजिक सञ्जालमा चर्चा कमाउने कि समाज रुपान्तरणमा योगदान ?

गीत संगीत : सामाजिक सञ्जालमा चर्चा कमाउने कि समाज रुपान्तरणमा योगदान ?

फणीन्द्र फुयाल 

काठमाडौं । गीत संगीत समाजको ऐना हो । गीत संगीतले समाजमा रहेका हरेक प्रकारका बिकृति, र बिसंगतिको अन्त्य गर्दै समाज रुपान्तरणमा अग्रगामी भूमिका खेल्नुपर्छ । गीत संगीतले व्यंग्यात्मक र आलोचनात्मक सुझाव पनि दिने गर्नु पर्छ । केवल सस्तो माया प्रितीका शव्दहरु बुनेर तयार पारिएका गीत कालजयी हुन सक्दैनन् । यी त खहरे खोला जस्तै हुन्छन् जो एकैछिन गडगडाएर बग्छन र केही दिनपछि कमिलाले पनि चुनौती दिन्छन् ।

तर, आजकल गायक तथा कलाकारहरुले गीत संगीतलाई समाज रुपान्तरणका रुपमा नलिई अर्थ आर्जनलाई मात्र पहिलो प्राथमिकतामा राख्दा नेपाली समाज उच्छृंखल, उत्ताउलो, अराजक, अनि भड्किलोतर्फ उन्मुख हुँदै गएको भान पर्न थालेको छ । इन्टरनेटकोे पुहँच र यसको व्यापकतासँगै बिशेषतः सामाजिक सञ्जालहरु युट्युव र फेसबुकमा सस्तो लोकप्रियता कमाउने हिसावले समाजप्रति गैरजिम्मेवार, अश्लिल र परिवारका सदस्यहरुबीच सँगै बसेर हेर्न र सुन्न पनि लाज लाग्ने खालका गीतहरु अपलोड हुनु र यसको निगरानीमा सरकारले बेवास्ता गर्नु अत्यन्तै दुःखद पक्ष हो ।

नेपालको संविधाको मौलिक हक अन्तर्गत घारा १७ मा निर्वाधपूर्वक बोल्न पाउने हक, भेला हुन पाउने लगायतका हक उल्लेख गरिएको छ भने धारा १९ मा सञ्चारको हक उल्लेख छ । सञ्चारको हक अन्तर्गत कुनै पनि सामग्री प्रकाशन तथा प्रसारण गर्नुपूर्व उक्त सामग्रीमाथि पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था उल्लेख गरिएको छ । त्यसैगरी कुनै पनि सामग्री प्रकाशन तथा प्रसारणबापत प्रेस तथा संचारगृह बन्द तथा जफत गर्न नपाइने व्यबस्था उल्लेख छ ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार समिति, टेलिकम, न्यूनतम पारिश्रमिक निर्धारण समिति, चलचित्र विकास बोर्ड, चलचित्र सेन्सर बोर्ड संचार मन्त्रालयअन्तर्गत रहेका छन् । समाजमा देखापरेका हरेक विकृति समाधान गर्नका लागि सरकारले नैं पहिलो कदम चालेर त्यसको उचित मार्ग समात्नु पर्छ ।
 
जसरी चलचित्र सुटिङका क्रममा तयार पारिएको सामग्री आम दर्शकसामु प्रदर्शन गर्नुपूर्व सेन्सर बोर्डबाट पास गराएर मात्र प्रदर्शन गर्ने नियम र कानून छ । त्यसैगरी कुनै पनि गीत संगीत बजारमा ल्याउनु पूर्व पनि त्यसको भाव, मर्म र भिजुअल कस्तो छ ? त्यसले समाजमा नकारात्मक भाव पैदा गर्छ कि सकारात्मक चेत भर्ने काम गर्छ ? त्यसको अध्ययन गर्नु जरुरी छ । त्यसको लागि सरकारले अधिकार सम्पन्न गीत संगीत सेन्सर बोर्ड किन गठन नगर्ने ?

देशमा एकमात्र रेकर्डिङ स्टुडियो रेडियो नेपाल मात्र हुँदा त्यसले गुणात्मक क्षमता भएका कलाकार उत्पादन ग¥थ्यो । रेडियो नेपालले स्वर परीक्षा लिन्थ्यो र उत्तीर्ण कलाकारले मात्र गीत रेकर्ड गर्न पाउँथे । तर, अहिले छ्याप्छ्याप्ती रेकर्डिङ स्टुडियो खुलेसँगै साधन, स्वर र कला नभएका कलाकारहरुको हावी हुँदै गएको छ । त्यस्ता कलाकारले देशलाई केही योगदान दिनुको सट्टा उल्टै देश लुटिरहेका छन् । 

स्वभावैले किशोरावस्था भनेको निकै कौतुहल, जसले जे भन्यो त्यही गर्न खोज्ने, जे देख्यो त्यही गर्न खोज्ने सिकारु स्वभावको हुन्छ । यदि गीत संगीतको माध्यमबाट आजका किशोराबस्था र भोलिका युवा अवस्थाको मन मस्तिष्कमा सकारात्मक चेत, राष्ट्रभक्तिको भाव अनि समाजसेवी सोंच भरिदिन सक्ने हो भने यो मुलुक समृद्ध राष्ट्र बन्ने छ र संविधानमा उल्लेख भए जस्तै समाजवाद चाँडै आउनेमा कसैको दुई मत नरहला । 

 

यहाँ व्यक्ति नैं तोकेर को कलाकार कस्तो र कुन कलाकारले कस्तो गीत गाएको छ भनेर चर्चा गर्नुभन्दा पनि समाजिक सञ्जाल फेसबुकमा बिभिन्न नामका पेज बनाएर त्यहाँ अनेक उच्छृंखल खालका हर्कत गरेका, गोप्य अंगहरु प्रदर्शन गरेका, उत्ताउला, भड्किला र लाजमर्दौ खालका भिडियोहरु पोष्ट गरेका देखिन्छन् । त्यसैगरी युट्युवमा पनि केही कलाकारले जिल्ला महोत्सवमा गाएका अभद्र, अशोभनीय, अश्लिल प्रकारका गीतहरु पोष्ट गरेको पाइन्छ । यसले गर्दा विशेषगरी ‘टिन एज’ भर्खरै पार गर्न लागेका युवा युवतीहरु त्यस्ता गीत संगीततर्फ आकर्षित हुने र उनीहरु गैरक्रियाकलापमा सामेल हुन सक्ने देखिन्छ । 

स्वभावैले किशोरावस्था भनेको निकै कौतुहल, जसले जे भन्यो त्यही गर्न खोज्ने, जे देख्यो त्यही गर्न खोज्ने सिकारु स्वभावको हुन्छ । यदि गीत संगीतको माध्यमबाट आजका किशोराबस्था र भोलिका युवा अवस्थाको मन मस्तिष्कमा सकारात्मक चेत, राष्ट्रभक्तिको भाव अनि समाजसेवी सोंच भरिदिन सक्ने हो भने यो मुलुक समृद्ध राष्ट्र बन्ने छ र संविधानमा उल्लेख भए जस्तै समाजवाद चाँडै आउनेमा कसैको दुई मत नरहला ।