हाम्रा सपना बिर्सिने कारणको खुलासा
काठमाडौ । रातभर सपना हे-यो बिहान हरायो ।
कसरी हुन्छ यो ?
हालै गरिएको नयाँ अनुसन्धानका अनुसार मगजमा कोष तन्त्रिकाहरूको (न्यूरन)समूहले सपना बिर्सिने कारणहरूको खुलासा गरेको छ ।
हामी जब सुत्छौं हाम्रो मष्तिष्क चार चरणमा जान्छ । प्रारम्कि तीन चरण र आँखा स्थिर हुने अवस्था(नन -यापिड आइ मुभमेन्ट(ननरेम)को चरण हुन्छ ।
पहिलो चरण जागेको अवस्थाबाट निद्रामा प्रवेशका अवस्था हो । दिनका लयमा रहेको शरीर विस्तारै सुस्त हुँदै निद्रामा जान्छ ।
दोस्रो चरण पनि ननरेमको अवस्था हो ।
यो हुलका निद्राको अवस्था हो ।
तेस्रो चरण गहिरो निद्राको अवस्था हो ।
त्यसपछि यो मानिसका लागि आवश्यक निद्राको चरण हो ।
यति पाएपछि मानिस विहान ताजापन अनुभव गर्छ ।
अन्ततः हाम्रो सपना देख्ने अधिकांश समयलाई -यापिड आइ मुभमेन्ट( द्रुतगतिमा आँखाको गतिविधि)को अवस्था हो ।
सपना देख्ने रेमको चरणमा देखिएका सपना स्मृतिबाट हराएर जाने सवालको जवाफ मूसामा गरिएको नयाँ अनुसन्धानबाट पत्ता लागेको हो ।
रेम चरणमा पनि केही अवधि ‘सक्रिय विस्मरण’(एक्टिभ फरगेटिङ)को हुन्छ ।
दिमागमा सूचनाहरूको अधिक भारलाई बेवास्ता गर्न यो अवधि हुन्छ ।
यो बिर्साउन न्यूरन ग्रुपको काम हुन्छ जुन न्यूरन हाम्रो भोकलाई नियन्त्रण पनि गर्छ ।
यो नयाँ अनुसन्धान साइन्स पत्रिकामा छापिएको छ ।
मेल्नो पार्कस्थित एसआरआई इन्टरनेशनल रिसर्च इन्स्टिच्युटको न्यूरोसाइन्स केन्द्रका निर्देशक डा. थम किल्डफ र नागोया युनिभर्सिटीका डा. अकिहिरो यामानाकासम्मिलित टोलीकोि अनुसन्धानबाट यो जानकारी सार्वजनिक भएको हो ।
प्रतिक्रिया