अक्टोप्सबारे नयाँ खुलासा
काठमाडौ । सामुद्रिक जीव अक्टोप्सले शताब्दियौं देखि वैज्ञानिकहरूलाई अचम्म पार्दै आएकोमा अहिलेसम्म थाहा नपाएको गतिविधिबाट थप चकित भए पारेको छ ।
पानीमा बस्ने जन्तु अक्टाप्सले जार खोल्ने, अनुहार पहिचान गर्ने जस्ता विभिन्न किसिमको क्रियाकलाप गरी वैज्ञानिकहरूलाई चकित पार्ने गर्दै आएकोमा आफूले सपना पनि देखिरहेको जनाउ दिएको छ ।
वैज्ञानिकहरूले प्राप्त गरेको एक भिडियोबाट अक्टोप्सले सपना देखेको हुन सक्ने पत्ता लगेको हो ।
हेइडी अक्टोप्सले टयांकमा सुतिरहेका बेला आफ्नो छालाको रंग हलुकाबाट गाढा बनाउने गरेको छ ।
अक्टोप्सबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरूका अनुसार सुतिरहेको बेलामा छालाको रंगमा यस्तो परिवर्तन हुनु भनेको सपना देखेको हुन सक्नु हो ।
जलजीव विज्ञानी डेभिड साचेलले अनुसन्धान गरिरहेको अक्टोप्सको नाम हेइडी दिएका छन् ।
जागेका बेला हतियार समातेका बेला अक्टोप्सले छालाका रंग बदलिरहेको हुन्छ ।
अक्टोप्सका रंग बदल्ने हजारौं प्रकारका कोष हुन्छन् । यसलाई क्रोमाटोफोरस भनिन्छ ।
यो अक्टोप्सको छाला भित्र हुन्छ ।
प्रतिक्रिया