भारतको सांस्कृतिक राष्ट्रवाद
जम्मु–कस्मिरको पुलुवामा भएको हमला लगत्तै सत्तारुढ भारतीय जनता पार्टीका नेता अमित शाहले सन् २०१९ को लोकसभा चुनावमा भाजपाले सांस्कृतिक राष्ट्रवादको नारा अगाडि ल्याउने जनाएका छन् । शाहले सांस्कृतिक राष्ट्रवादको विषयलाई व्याख्या नगरे पनि हिन्दु धर्मतान्त्रिक सांस्कृतिक राष्ट्रवाद नै उसको मूल नारा हुने निश्चितै छ ।
यतिखेर जैसे मोहम्मद लगायत संगठनको पकड पाकिस्तान नियन्त्रित कस्मिर क्षेत्रमा बलियो छ । भारतले रुस र इरानसँगको सम्बन्ध छोड्न नसकेपछि पश्चिमा शक्तिहरुले भारतलाई खासगरी सत्तारुढ पार्टी भाजपा र नरेन्द्र मोदीलाई कमजोर बनाउन युद्धमा केन्द्रित गरेको भारतीय विश्लेषकहरुको भनाइ रहेको छ । पछिल्लो पटकको जनमत पनि भाजपाको पक्षमा देखिएको आँकडासँगै यो हमला भएको भारतीय वुद्धिजीवीको राय छ ।
भारतलाई युद्धमा धकेलेर कमजोर बनाउने र रुस–इरानसम्बन्धबाट भारतलाई अलग गराउने मुख्य कार्यसूचीगत डिजाइन अनुसार यो हमला केन्द्रित भएको हो हो कि ? प्रश्न खडा छ । यसै पनि भेनेजुएला प्रकरणमा भारतको विरोध र एसिया–प्रशान्त क्षेत्रीय रणनीतिमा भारतले मञ्जुरी नदिएको सन्दर्भ पनि यो हमलासँग जाडिएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया