नव पाषणयुगदेखि शिशुलाई दूध बोतलमा चुसाउन शुरू गरिएका माटोको भाँडा फेला
काठमाडौ ।हजारौ वर्षअघि देखि युरोपेली शिशुलाई बोतलमा पशुको दुध चुसाउन शुरू भएको प्राप्त माटाका भाँडाहरूबाट पुष्टि हुन पुगेको हो ।
बाभिरियामा गरिएको उत्खननबाट अहिले प्लास्टिकको बोतलमा दुध चुसाउने विधि त्यतिखेर माटोको भाँडाबाट शुरू भएको देखिएको हो ।
यो व्यवहार इशा जन्मिनु ९हजार वर्ष देखि अढाइ हजार वर्षबीचमा रहेको अध्ययनबाट देखिन्छ ।
मानिसहरूले मानिसको भाँडाबाट दूध चुसाउन शुरू गरेको व्यवहार नै अहिले बोतलको दूधको आधुनिक चुसाइ हो ।
नयाँ ढुंगे युगका शहरहरूमा यस्ता भाँडा फेला हुनुबाट यसको पुष्टि भएको हो ।
बाभिरियाका चिहानबाट तीन वालबालिका र तीन माटाका बोतल फेला परेको र एक शिशुको उमेर १ वर्षको रहेको अध्ययनले जनाएको छ ।
यी पुरातात्विक अवशेषको इशाको १२००देखि ४५० पूर्व पहिलेको देखिन्छ ।
यी भाँडामा भोजनका रसायन पनि फेला परेका छन् ।
एउटा भाँडो खुला र सानो पाइप रहेको छ ।
यो १ वर्ष पुरानो शिशुसँग निस्केको भाँडाा ८०० इशा पूर्वको रहेको छ ।
दोस्रो बोतल उही समयको र प्वालको व्यास पाँच सेन्टिमिटर रहेको छ ।
यो ६महिनासम्मको शिशुको सँगै फेला परेको छ ।
यो शिशुले काँस्यको ब्रासलेट पहिरिएको अवस्थामा फेला परेको हो ।
तेस्रो शिशु १ देखि २ वर्ष बीच उमेर समूहको हो ।
यो इशाको १२००देखि ८०० वर्ष पूर्वको रहेको छ ।
रसायको अध्ययनबाट दुध गाई भेडा वाख्राको रहेको जनाउँ छ ।
अर्को सुगुर वा मानिसको दूध पनि भएको हुन सक्ने देखिन्छ ।
अध्ययनबाट ठयाक्कै दूधबारे यकिन गर्न सकिएको छैन् ।
प्रतिक्रिया