‘इयु सम्मेलनमा पूर्व बेलायती प्रधानमन्त्री थ्याचर मेरा गेडा चाहन्छिन् र?’ भन्नेको निधन
काठमाडौ । सार्वभौमिकताको सवालमा इराक आक्रमणको विरोध गर्ने पूर्व फ्रान्सेली राष्ट्रपति ज्याक सिराकको निधन भएको छ ।विश्वका नेताहरूमा उनी सर्वाधिक चर्चित र अभिव्यक्तिहरूका लागि विवादित नेताको रूपमा पनि चिनिन्छ ।
इराक आक्रमणको मात्रै होइन उनी बेलायतका पहिलो महिला प्रधानमन्त्री मार्गेट थ्याचरको आर्थिक नीतिको पनि कटु आलोचक रहेका थिए ।
अमेरिकाले एक्लौटी ढंगबाट इराकमा आक्रमण गर्न खोजेको योजना न्यायपूर्ण नभएको यसमा युरोपेली युनियनले सहयोग गर्न नहुने अडान लिएका थिए ।
उनले सार्वभौमिकताको सिद्धान्तको सवाललाई विचार गर्नुपर्ने तर्क अगाडि सारेका थिए ।
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई भनेको उद्धरण “सोभरन्टी इज अ क्वेस्चन अफ प्रिन्सपल” विशेषरूपले चर्चित हुन पुग्यो ।
यसैगरी पूर्व बेलायती प्रधानमन्त्री थ्याचरको आर्थिक नीतिको पनि कटु आलोचक देखिए ।
उनले थ्याचरलाई हाउस वाइफ भनी सम्बोधन गर्ने गरेका थिए ।
सन् १९८७मा थ्याचरका लागि हाउसवाइफ शब्दको प्रयोग गरेका थिए ।
त्यसको एक वर्ष पछि युरोपेली युनिको ब्रसेल्समा भएको शिखर सम्मेलनमा सिराकले भने “ यो हाउसवाइफ मबाट के चाहन्छिन् ? प्लेटमा मेरा गेडा चाहन्छिन?
(ह्वट मोर मडज दिस हाउस वाइफ वान्ट फ्रम मी?माइ बल्स अन अ प्लेट?)”सिराकले आफ्नो यो अभिव्यक्तिका लागि क्षमा मागेका थिए ।
प्रतिक्रिया