खुलामा दिसा गरेको भनी दुई दलित बालबालिका कुटकुटी मारिए
काठमाडौ । भारतको एक गाउँमा खुलामा दिसा गरेको भनी तल्लो जात दलितका दुई बालबालिका कुटीकुटी मारिएका छन् ।
उप्पलो जातिका भनिएकाहरूले उनीहरूलाई मारेको र त्यस अभियोगमा प्रहरीले केहीलाई पक्राउ गरेको छ । साम्प्रदायिक हिंसाको यो नयाँ संस्करण देखिएको अधिकारी र नातेदारहरूले जनाएका छन् ।
प्रहरीका अनुसार १२ वर्षीया रोशनी र उनकी भतिज १० वर्ष अविनाशलाई बुधबार कुटीकुटी मारिएको थियो ।
एसपी राजेश चन्डेलले दुई जना आरोपित हकम सिंह र रामेश्वर सिंहलाई पक्राउ गरिएको जनाएका छन् ।
प्रहरीका अनुसार उनीहरूले अपराध स्वीकार गरिसकेका छन् ।
अविनाशका पिता मनोज बाल्मिकीले यो मौखिक चेतावनीको परिणाम भएको बताए । पानी नचल्ने समस्या आफ्नो गाउँमा गम्भीररूपमा रहेको उनले जनाए ।
हाम्रा बालबालिका उपल्लो जातका खेल्ने ठाउँमा खेल्नसम्म नपाउने गरेको उनको भनाइ छ ।
खुला दिसा पिसाब मुक्त भारत बनाउने अभियान भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीका उच्च प्राथमिकतामा रहको छ ।
सन् २०१४मा स्वच्छ भारत अभियान सञ्चालन गरेकोमा गेट्स फाउन्डेसनलाई अमेरिकामा मोदीलाई सम्मान समेत गरेको छ ।
सन् २०१८मा त्यो गाउँलाई खुला दिसा पिसाब मुक्त घोषणा गरियो तर त्यहाँका दलित जाति बाल्मिकीहरूको घरमा शौचालय छैन् ।
प्रतिक्रिया