नागढुंगा–नौबिसे सडकखण्डमा घण्टौँ जाम हुँदा बसभित्रै बिरामीको मृत्यु 

नागढुंगा–नौबिसे सडकखण्डमा घण्टौँ जाम हुँदा बसभित्रै बिरामीको मृत्यु 

 

काठमाण्डौ, १० असोज । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्डमा घण्टौँ जाममा पर्दा एक यात्रुको ज्यान गएको छ ।

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गौर नगरपालिका–७ का ३५ वर्षका रुपलाल साहको जाममा परेका बेलामा शुक्रबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । साह क्यान्सर पीडित भएको परिवारले बताएका छन् । 

आर्थिक अभावका कारण एम्बुलेन्समा आउन सम्भव नभएपछि रात्रीबसमा नै साहलाई उपचारका लागि काठमाण्डौ ल्याउन थलिएको परिवारले बताएको छ । 

लामो जामका कारण १२ घण्टासम्म कुर्नु पर्दा बिरामीको उपचार नपाएर ज्यान गएको हो । साहका आमा भाइ र दाजु सँगै गाडीमा आएका थिए । आमासँगै सिटमा बसेका साहको आमाको काखमै ज्यान गएको हो ।