अइतबारदेखि काठमाडौंमा १० चक्के सवारी आवागमनमा रोक
काठमाडौं, १० असोज । यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ ।
आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो ।
त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ । अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन् ।
प्रतिक्रिया