इन्डो प्यासिफिक स्टेटजी गठबन्धनमा भारत सामेल भए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी

इन्डो प्यासिफिक स्टेटजी गठबन्धनमा भारत सामेल भए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी

काठमाडौ । भारत अमेरिकी नेतृत्वको इन्डो प्यासिफिक स्ट्रेटजीमा सामेल भए उसलाई ठूलो मूल्य चुकाउने चेतावनी दिइएको छ ।

अमेरिकाले एसिया प्रशान्त क्षेत्रबाट वर्चस्व कायम गर्ने योजना सहितको हिन्द प्रशान्त महासागरीय राण्नीति( इन्डो प्यासिफिक)लाई अगाडि बढाएको हो ।

यो यस क्षेत्रका लागि रणनीतिक जालो हो ।

चिनियाँ उदयलाई रोक्नका लागि परम्परागत शक्ति सन्तुलनको सिद्धान्त अनुसार अमेरिकाले यो रणनीतिलाई अगाडि बढाएको हो ।

चिनियाँ उदयलाई रोक्न अमेरिका र भारतबीचको गठबन्धन बनाउन केही अमेरिकी र भारतीय विज्ञहरूले तर्क अघि सारेपनि अहिलेसम्म भारतले यस्तो घोषण गरेको नदेखिएको बताउँदै एक चिनियाँ  प्राध्यपकले यस्तो चेतावनी दिएका हुन् ।

ती प्राध्यापकले ब्यालन्स अफ पावर अ स्ट्रेटजी ट्रयाप फर इन्डिया नामक आलेखमा भारतले हालसम्म यस्तो घोषणा नगरेपनि 
भारत र अमेरिकाले यस्तो बाटो अँगालेको संकेतहरू देखा परिरहेको बताएका  छन् ।

उनका अनुसार  –अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको सन्तुलनसम्बन्धी सिद्धान्तले कुनै देशले आफूलाई अन्य देशहरूको वर्चस्वबाट जोगाउन चाहन्छन भने त्यो सँग शक्ति वा अन्यशक्तिसँग प्रतिसन्तुलन कायम गर्ने भरपर्दो प्रणाली भएको हुनुपर्छ जनाउँछ । यो सिद्धान्तले  अन्यदेशहरूसँगको सजकता र रोकथामको अवस्थालाई जोड दिन्छ ।

यथार्थमा शक्ति सन्तुलन सामान्यरूपमा  कुनै निश्चित शक्तिशाली देशबाट आफ्नो प्रतिस्पर्धीको प्रतिकार गर्न सैनिक वा अन्य गठबन्धन बनाउन गरिन्छ ।

शक्ति सन्तुलनको एक क्लासिकल उदाहरण शीत युद्धको बेला हो । अझ यस्ता सन्तुलनले शत्रुताको विकास गर्ने देखिन्छ । ”

यो स्ट्रेटजीमा जान यी दुईका लागि केही साझा विषय छन् ।

उनका अनुसार चीन र भारतबीच विगतमा विवादहरू थिए र अझ सीमा विवाद समाधान हुन बाँकी रहेका छन् ।

यसका अतिरिक्त चीनले भारतको जन्मेदेखिको शत्रु पाकिस्तानसँग निकटतम सम्बन्ध राखेको छ ।

भारतले चीनसँगको शक्ति सन्तुलनको माध्यमबाट सापेक्षिकरूपमा क्षेत्रिय सन्तुलनमा आफ्नो हितहरूको संरक्षण होस भन्ने चाहना राखेको देखिन्छ । यो बुझ्न सकिने विषय हो ।”

तर भारत लगायत यसक्षेत्रका देशहरूले इन्डो प्यासिफिक स्ट्रेटजीमा जान खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिँदै उनको भनाइ छ – चीनलाई सन्तुलनमा राख्न खोज्ने प्रयासले भारतका आफ्ना हितहरूलाई बिथोलिने छन् ।चीनको विकास रोक्न नसकिने र क्षेत्रको आम विकासको पंक्तिमा रहेकाले चीनलाई रोकिरहने प्रयास चीनसँगको सहयोगको अवसरको ठूलो हानिलाई निम्त्याउने छ ।”

यो परीक्षण भारतका लागि मात्रै होइन चीनका लागि पनि हो ।

दुबैले यो रणनीतिक जालोबाट हटेर सँगै अगाडि बढनुपर्ने आवश्यकता बोध गर्नुपर्छ ।