बितेका पाँच वर्ष सर्वाधिक तातो

बितेका पाँच वर्ष सर्वाधिक तातो

काठमाडौ ।बितेका पाँच वर्ष अहिलेसम्मका सबैभन्दा तातो पाँच वर्ष भएको जनाउँदै वैज्ञानिकहरूले संयुक्त राष्ट्रसंघलाई यसबारे आवश्यक निर्णय गर्न चेताएका छन् ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)को एक प्रतिवेदनमा भनिएको  छ – बितेका पाँच वर्ष अहिलेसम्मकै सर्वाधिक पाँच वर्षे समूह हो ।  

सन् २०१४देखि २०१९को पाँच वर्ष सर्वाधिक तातो पाँच वर्ष बितेका वैज्ञानिकहरूले जनाए ।

यो समयमा  कार्बन डाइअक्साइड उत्सर्जनमा बृद्धि भइ समुद्रको जलस्तरलाई बढाएको छ ।

१८५०देखि वैश्विक तापमानमा १.१ डिग्री सेल्सियसको बृद्धि भएको हो । २०११देखि २०१५सम्म ०.२प्रतिशतको बृद्धि भएको थियो भने यसको तुलनामा सन् २०१९सम्म २० प्रतिशतको बृद्धि भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समुद्रको जलस्तरमा १९९३देखि अहिलेसमम औसता ३.२ मिलीमीटर प्रति वर्षको दरले बृद्धि भइआएकोमा सन् २०१४देखि २०१९मा ५ मिलीमिटरको बृद्धि भएको पाइएको छ ।

यो भइरहे समुद्रको पानीले सहरलाई डुबाउने चिन्ता रहेको छ ।