अनुगमन टोलि पुगेपछि गोंगबुको बिजि मलका व्यापारीको भागाभाग, सटर सिलबन्दी गरी 'ठग व्यापारी'लाई कारवाही गरिँदै
काठमाडौं, १२ असोज । काठमाडौंको गोंगबुस्थित बिजि मलमा आइतबार अनुगमन गर्न गएको सरकारी टोलिलाई व्यापारीहरुले असहयोग गरेका छन् ।
अनुगमनका लागि उद्योग विभाग अन्तर्गको गुणस्तर तथा नाप तौल विभाग र उद्योग मन्त्रालय अन्तर्गका कर्मचारीहरु आइतबार उक्त मलमा पुगेपछि व्यापारीहरुले सटर बन्द गरी भागेका हुन् ।
अनुगनमा असहयोग गर्ने व्यापारीहरु र सटर बन्द गरी भाग्ने त्यस्ता ठग मनसाय भएका पसलहरुमा सिलबन्दी गरी प्रहरी परिचालन गरेर कारवाही गरिने उद्योग मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया