अस्पतालका डेटा सुरक्षित गर्नुपर्ने चुनौती
काठमाडौ । ह्याकरहरूको नयाँ निशाना अस्पतालहरू हुने देखिएको छ ।
हालै मात्र बैकिङ क्षेत्रमा भइरहेका बेला महत्वपूर्ण डेटाहरूको स्थान अस्पताललाई बेवास्ता गर्न नहुने सरोकारवालाहरूको भनाइ छ ।
सामान्यरूपमा ह्याकरहरूले वित्तीय क्षेत्र , खुद्रा बिक्री केन्द्रहरू मात्र हुने गरेको बुझाइ अपूरो हुने उनीहरू बताउँछन् ।
तर उनीहरूले अस्पतालका डेटामा पनि आक्रमण गर्छन् ।
अस्पतालबाट उपलब्ध हुने अतिसंवेदनशील सूचनाको मूल्य उनीहरूले आम मानिसले अनुमान गरेभन्दा बढी लिने गरेका छन् ।
झन् अनुसन्धानसम्बन्धी डेटाको मूल्य त कुरै भएन् ।
अमेरिकामा हालै केही अस्पतालका डेटा चोरिएका छन् ।
मिचिगिन स्टेट युनिभर्सिटी र जोन्स हपकिन्स युनिभर्सिटीका डेटाहरू चोरिएका छन् ।
एसएसयुका प्रोफेसर जोन जियाङले ह्याकरले वित्तीय र पहिचानसम्बन्धी डेटा मात्र चोर्ने गरेको बुझ्नु अपूरो बुझाइ हुने बताए ।
उनले भने “संवेदनशील चिकित्सासम्बन्धी सूचना पनि चोर्छन. ।” गएको १० वर्षमा १६ करोड ९० लाख मानिसलाई प्रभावित पार्न सकिने गरी अस्पताल क्षेत्रका डेटा चोरिएको अनुसन्धानकर्ताहरूको अनुमान छ ।
बैकिङ र वित्तीय क्षेत्रको सुरक्षा व्यवस्था सुनिश्चित गरिरहँदा अस्पतालका संवेदनशील सूचनाहरू ह्याकरले लुटिजाने सम्भावनालाई बेवास्ता गर्न नहुने टेन अरबिट कम्पनीका विज्ञहरूले जनाएका छन् ।
प्रतिक्रिया