पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस् अनि म महासङ्घलाई स्याबासी दिउँला: सञ्चारमान्त्री बास्कोटा
काभ्रे, १२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गरे ।
उनले भने, “समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पु¥याउनुहोला ।” आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको उनले बताए । मन्त्री बाँस्कोटाले केही समयअघि रुपन्देहीबाट अर्घखाँची जाँदैगर्दा उपप्रमुखको गाडीमा आएर मयुर ठोक्किएको प्रसङ्ग निकाल्दै त्यस विषयलाई सन्सनीपूर्ण बनाउन ‘भ्रामक’ समाचार सम्प्रेषण गरेको उल्लेख गरे ।
“भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पु¥याउनुहोला” उनले भने । गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई उनले सुझाव दिए । मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएकाबारे पत्रकार महासङ्घले अनुगमन थालेकामा खुशी व्यक्त गरे ।
उनले भने “अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस् अनि म महासङ्घलाई स्याबासी दिउँला ।” महासंङ्घले आफ्ना श्रमिजीवीको अवस्थाप्रति कडा अनुगमनमा लाग्नुपर्नेमा सरकारलाई ख्याउँख्याउँ मात्रै गरेको उनको आरोप थियो । उनले आम सञ्चार विषयक पास भएपछि मात्रै सञ्चार प्रतिष्ठान बन्ने स्थानको निक्र्यौल हुने बताए ।
प्रतिक्रिया