हिलो माटो र नूनको सेकाइबाट हाडजोर्नीको दुखाई निको पार्नुस
काठमाडौ । हाडजोर्नीको दुखाई वा अस्टिर्योथराइटिसको दुखाइ क मगर्न हिलो र नूनको सेकाइ प्रभावकारी देखिएको छ ।
अस्टिर्योथराइटिसका बिरामी प्रायः जसो सबै ठाउँमा हुने गरेको छ । अमेरिकाकै कुरो गर्ने हो भने ६० वर्ष वा सो भन्दा माथिका पुरूषहरूको १० प्रतिशत र महिलाहरू१३ प्रतिशत घुँडाको दुखाइबाट पीडित रहेका छन् ।
यसको गैर औषधि उपचारमा फिजियोथेरापी लोकप्रिय रहेका छन् । औषधि बिनाको उपायमा हिलो माटो र नूनको सेकाइ प्रभावकारी रहेको पाइएको छ ।
अस्टिर्योथराइटिस भनेको एक किसिमको बाथ रोग हो ।
हिँड डुल गर्न गाह्रो हुने यो समस्यामा हिलो माटो र नूनको सेकाइबाट फाइदा पुगेको हो ।
यो रोगको अभफ कुनै उपचार नभएको र यसबाट राहत दिने औषधिहरू मात्र रहेको पाइन्छ ।
लिथुआनियामा अनुसन्धानकर्ताहरूको एक समूहले थोरै मानिसहरूमा मात्र परिचित पेलोइड थेरापी र बाल्नियोथेरापीले यो बाथ रोगमा पार्ने प्रभावबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।
उनीहरूको अध्ययन प्रतिवेदन दी इन्टरनेशनल जर्नल अफ बायोमेट्रोलजीमा प्रकाशित भयो ।
पेलोइड थेरापी माटो वा हिलोमाटोको उपचार हो भने बाल्नियोथेरापी परम्परागतरूपमा शरीरलाई खनिजपदार्थ भएको पानी वा हिलोमा डुबाएर गरिने उपचार हो ।
यसका लागि औसत उमेर समूह ६४.६ वर्षका ९२ सहभागीहरू थिए ।
८७ प्रतिशत महिला थिए ।
सबै रोगीहरू केलग्रेन लरेन्सको सिस्टम अनुसार १देखि ३ किसिमको जोर्नी दुख्ने रोग अस्टिर्योथराइटिसका बिरामी थिए ।
३० मिनेटको सेकाइ एक दिन बिराएर १ महिनासम्म गरियो ।
समूह १का रोगीलाई ३६ देखि ४२ डिग्रि सेल्सियस तापक्रमको हिलोले कम्मर देखि खुट्टाको क्षेत्रमा सेकियो ।
यो प्रक्रिया २० मिनेटसम्म गरियो ।
दोस्रो समूहलाई १५ मिनेटको नून वा सोडियम क्लोराइडको झोललाई ३६ देखि ३८ डिग्रि सेल्सियसका तातो पानीमा स्नान उपचार गरियो ।
उनीहरूको अध्ययनबाट उनीहरूको दुखाइमा कमी आएको र उनीहरूको जोर्नीको अवस्थामा सुधार आएको पाइएको थियो ।
प्रतिक्रिया