चीनद्वारा आर्थिक तथा सैनिक शक्तिको प्रर्दशन

चीनद्वारा आर्थिक तथा सैनिक शक्तिको प्रर्दशन

काठमाडौ ।माओत्से तुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले अक्टोबर १,१९४९मा जनवादी गणतन्त्र चीनको घोषणा गरेको ७०औं वार्षिकोत्सवमा चीनले मंगलबार आर्थिक तथा सैनिक शक्तिको प्रदर्शन गरेको छ ।

राष्ट्रिय टेलिभिजनहरूबाट गरिएको तियानमेन चौकमा निकालिएको सैनिक प्रदर्शनले चीनको आर्थिक तथा सैनिक शक्तिलाई दर्शाइ रहेको देखियो ।

राष्ट्रिय दिवसका अवसरमा लाखौंको उपस्थिति रहेको देखियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिन खौरो माओले लगाउने शैलीको कोटलगाएर परेडको अगुवाइ गरेका थिएथिए ।

त्यसैगरी पूर्व राष्ट्रपति हु जिन्ताओ र जियाङ जमिनसँग अन्य नेताले गेट अफ हेवनली पीस नाम दिइएको तियानमेन चोकको शीर्षस्थानमा बनेका आसनहरूमा बसेका थिए ।

परेडमा १५ हजार सैनिक र १६० भन्दा बढी हवाई युद्धक विमानको प्रदर्शनी गरिएको थियो ।

यसमा लामो दूरीको नयाँ परमाणु क्षेप्यास्त्र र सुपरसोनिक ड्रोन हवाइ युद्धक विमान पनि रहेको देखिएको भएपनि यसबारे सेनाको प्रवक्ताले जानकारी दिन इन्कार गरेको समाचारमा जनाइएको छ ।