ट्रम्पले दिए भेनेजुएली सेनालाई चेतावनी

ट्रम्पले दिए भेनेजुएली सेनालाई चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएली सेनालाई राष्ट्रपति निकोलास मदुरोलाई भविष्यमा साथ दिइरहे ज्यानको जोखिम हुने चेतावनी दिएका छन् ।

अमेरिकाले भेनेजुएलामा लोकतन्त्र ल्याउन सबै विकल्प खुला रहेको बताउँदै उनले यस्तो चेतावनी दिए ।

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी मियामीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने “हामीले शान्तिपूर्ण सत्ताको संक्रमण खोजेका छौं तर सबै विकल्पहरू खुल्ला छन् ।”

मदुरोलाई साथ दिने सेनाहरूलाई स्वघोषित अन्तरिम राष्ट्रपति जुआन गुआइदालाई समर्थन गर्न चेतावनी दिँदै ट्रम्पले भने “जसले गुआइदोलाई समर्थन गर्छ उसले माफी पाउने हो नभए उनीहरूलाई सुरक्षित निकासको कुनै बाटो हुने छैन ।”