विज्ञ भन्छन् –‘इन्डो प्यासिफिक स्ट्रेटजी अमेरिकाको असन्तुलित रणनीति’

 विज्ञ भन्छन् –‘इन्डो प्यासिफिक स्ट्रेटजी अमेरिकाको असन्तुलित रणनीति’

काठमाडौ अमेरिकाले अगाडि बढाएको इन्डो प्यासिफिक स्ट्रेटजी( हिन्द प्रशान्त महासागरीय रणनीति)को भविष्य मानसिकरूपमा असन्तुलित रणनीतिको रूपमा देखिएको छ ।

हालै गरिएको एक अध्ययनमा दक्षिण पूर्व एसियाका घरानियाँ विचारहरूका आधारमा ५९.१ प्रतिशतले अमेरिकाको शक्ति यस क्षेत्रमा खिइदै गएको विश्वास गर्छन् भने अमेरिकाको प्रभावमा कुनै परिवर्तन नभएको विश्वास गर्नेहरूको अवस्था २१. २ प्रतिशत रहेको देखिएको छ ।

अनि ६८ प्रतिशतले यसक्षेत्रमा अमेरिकी संलग्नताको अवस्थालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा बिगारिएको विश्वास गर्छन् ।

जर्जटाउन युनिभर्सिटीस्थिति द स्टडी अफ डिप्लोमेसी इन्स्टिच्युटका अध्ययेता इलियट सिल्भरबर्ग र वासिंटनस्थित पूर्वपश्चिम केन्द्रका परियोजना संयोजक म्याथु सुलिभानले ‘अड्रेसिङ ट्रम्प्स इन्डो प्यासिफिक स्ट्रेटजी, टु इयर्स इन’ शीर्षकमा लेखेको आलेखले खुलाए अनुसार व्यापार र सुरक्षासाझेदारहरू एसियामा द्रुतगतिमा बढिरहेका छन् ,इन्डोप्यासिफिक क्षेत्रमा अमेरिकी विश्वसनीयता एक खुला सवाल रहेको र तदनुरूप अमेरिकी गठबन्धनका सहयोगी र साझेदारहरूले यो क्षेत्रमा उनको प्रतिवद्धतामा रोक लगाउन सक्ने वा विकल्पहरूको विस्तार गर्न सक्नेछन् ।

एसियामा अमेरिकी नीतिमा ट्रम्प प्रशासनको स्वतन्त्र र खुला हिन्द प्रशान्त महासागरी रणनीति महत्वपूर्णरूपमा जोडिएको छ ।

अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागनको हालै सार्वजनिक गरिएको प्रतिवेदनमा जनाए अनुसार गत जुनमा अमेरिकाले इन्डो प्यासिफिक स्ट्रेटजीलाई  अमेरिकाको आर्थिक संलग्नता,सुरक्षा सहयोग र कानुन बनाउने सम्भावनालाई विकास गर्छ जसका उद्देश्यहरू दक्षिण पूर्व एसियाली क्षेत्रमा रणनीति बनाउने पूर्व विषयहरू समावेश रहने जनाइएको उनीहरूले जनाएका छन् ।

तर जापान र अस्ट्रेलियाजस्ता महत्वपूाणर्् साझेदारहरूसँग व्यापार, सुरक्षा र सुशासनसमबन्धी सन्तुलित कानुनहरू निपूणता पूर्वका ल्याउन अमेरिका चुकेको छ ।

स्वतन्त्र तथा खुला ट्रम्पका भनाइहरू यसक्षेत्रमा अहिलेसम्म प्रत्याुपादक देखिएका छन् ।

अमेरिकाका लागि इन्डो प्यासिफिक स्ट्रेटजीको बोडमा महत्वपूर्ण स्थान राख्ने जापान र दक्षिण कोरिया एक अर्काबीच टाढिएर गइरहेका छन् ।

उनीहरूका अनुसार अमेरिका र  एसियाबीचका समस्याहरू फराकिलो हुँदै गएको छ । आर्थिक र सुरक्षाका विषयमा अमेरिकाले परम्परागत सहयोगीहरूका लागि संरक्षणवादी उपचार गरिरहेको , रणनीतिक प्रतिस्पर्धीहरूलाई बहिष्करणमा पार्ने र जलवायु परिवर्तन जस्ता वैश्विक चुनौतीहरू र समावेशी समृद्धिका विषयलाई बेवास्ता गरेको छ ।

उद्देश्यगतरूपमा उनीहरूले जनाए अनुसार अमेरिकी प्रभाव यो क्षेत्रमा चीन र भारतको तुलनामा घटेको छ