अमेरिकी अध्ययन भन्छ –‘भविष्यको उपचारलाई जडीबिुटीले प्रेरित गर्न सक्ने’
काठमाडौ । हजारौ वर्षदेखि मानिसहरूले जडीबुटीको प्रयोग गर्दै आएका छन् ।
आजका चिकित्सा अनुसन्धानकर्ताहरूले निरन्तर उपचारको वैकल्पिक विधि खोजिरहेका छन् ।
केही अनुसन्धानकर्ताहरूले जडीबुटीबाट उपचार गरिने विधिको अध्ययन गरिरहेका छन् ।
हाइपरटेन्सनको उपचार जडीबुटीबाट हुन सक्ने अध्ययनबाट देखिएको छ ।
अमेरिकामा गरिएको अध्ययन अनुसार तीन वयस्कमा १ जना हाइपरटेन्सनबाट प्रभावित रहेको मेडिकल न्युज टुडेले जनाएको छ ।
भोजन र जीवनशैलीमा गरिने परिवर्तनले हाइपरटेन्सनका लागि पर्याप्त हुन गरेको भएपनि केही सन्दर्भमा ध्यान आवश्यक हुन्छ ।
एन्टिहाइपरटेन्सिभ औपधिले केही मानिसमा काम राम्रो गर्छ तर यसका साइडइफेक्ट दुखदायी हुन सक्छ ।
यस कारणले अनुसन्धानकर्ताहरूले हाइपरटेन्सनको उपचारका लागि नयाँ बाटो खोजिरहेका छन् ।
केही वैज्ञानिकहरूले प्राचीन जडीबुटीको उपचारबारे फेरि अध्ययन गर्न थालेका छन् । इतिहास शुरू हुन अघि मानिसहरूले आफ्नो उपचार गर्ने क्रममा जडीबुटी पत्ता लगाउँदै आएका छन् ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूले हाइपरटेन्सनको उपचारका लागि औषधि मानिएका विरूवाहरूको एक समूहको अध्ययन गर्दै आएको छ ।
उनीहरूले गरेको अध्ययनबारे ‘प्रसिडिङस अफ द नेशनल अकेडमी अफ साइन्सेज’मा प्रकाशन गरिएको छ ।
वैज्ञानिकहरूले तुलसी, सुंफको गेडा,ज्वानोको फुल, अदुवा, ल्याभेन्डर, मारजोराम र क्यामोमिले जस्ता विभिन्न विरूवाबाट जडीबुटीको निर्माण गरेका छन् ।
वैज्ञानिकहरूको अध्ययनबाट केही जडीबुटीमा हलुका एन्टिहाइपरटेन्सिभ गुणहरू देखिएको हो ।
पोटासियमबाट बनेको च्यानल केसीएनक्युफाइभलाई विशेषरूपमा सक्रिय गराउन सक्ने क्षमता यी जडीबुटीमा भएको उनीहरूले पत्ता लगाए ।
पोटासियम च्यानल र अन्य तत्वहरू रक्तवाहिनी नलीका मांशपेशीमा विद्यमान हुन्छन् ।जब यो मांशपेशी खुम्चिन्छ रक्तचाप (ब्लडपे्रसर ) बढछ र जब फैलिन्छ रक्तचाप घट्छ ।केसीएनक्युफाइभले यी मांशपेशीलाई आराम पु¥याउँछ ।
यो अध्ययनकर्ताहरूका अनुसार केही जडीबुटीमा एन्टिहाइपरटेन्सिभ गुण हुने यो अध्ययनबाट पत्ता चलेको हो ।
प्रतिक्रिया