३४२ किलो सिंहका हाड विमानस्थलमा जफत
काठमाडौ । औषधि र गहना बनाउनका लागि विशेषरूपले प्रयोग गरिने सिंहका हाड विमानस्थलमा जफत गरिएको छ ।
३४२ किलो सिंहका हाड जोहान्सबर्ग विमानस्थलमा जफत गरिएको दक्षिण अफ्रिकी अधिकारीहरूले जनाएका छन् ।
उनीहरूको अनुसार दक्षिण अफ्रिकाबाट सिंहका हाड एसियामा लग्न खोजिएको थियो । त्यहाँको वातावरण मन्त्रालयका अनुसार विमानस्थलमा तीन जनालाई पक्राउ गरिएको हो ।
सिंहका हाडालाई अलुमिनियमको कागजमा बेरिएको थियो । यी बेरिएका हाडा १२ बक्समा राखिएको थियो ।
विशेष अनुमति प्राप्त भए यी हाडलाई निर्यात गर्न सकिनिे मन्त्रालयका प्रवक्ता अल्बी मोदिसेले जनाए ।
दक्षिण अफ्रिकामा ११ हजार भन्दा बढी सिंहको संख्या रहेको छ । ती मध्ये ३ हजार शिकार निषेध गरिएको राष्ट्रिय निकुञ्जमा रहेका छन् ।
प्रतिक्रिया