सीको भ्रमण अघि भारतीय विद्यार्थीलाई चिनियाँ पढाउने सम्झौता हुने

सीको भ्रमण अघि भारतीय विद्यार्थीलाई चिनियाँ पढाउने सम्झौता हुने

काठमाडौ ।चिनियाँ राष्ट्रपति सी जिनपिनको भारत भ्रमण हुन अघि भारत र चीनबीच शैक्षिक सम्बन्ध अनुमोदन हुने देखिएको छ ।

यसका लागि भारतको गृह र विदेशमन्त्रालयले अनुमोदन गर्नुपर्ने हुन्छ ।

भारतीय शैक्षिक प्रतिष्ठानहरू र चिनियाँ प्रतिष्ठानहरूबीच विभिन्न संकायका विद्यार्थीहरूको शिक्षा सम्बन्धी सम्झौता हुने भएको हो ।

भारतको युनिभर्सिटी ग्रान्टस कमिसनले यो साता यसबारे अनुमोदन गर्ने भएको छ ।

भारतको संघीय सरकारले अक्टोबार ११–१२मा मल्लापुरममा हुने चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने अनौपचारिक शिखर वार्ता अघि यो विषयलाई टुंगो लगाउन खोजेको छ ।

कमिसनले सम्बन्धित मन्त्रालयलाई यससम्बन्धी टुंगो लगाउन पत्रचार गरेको छ ।

पत्रमा नीजी क्षेत्रका विश्वविद्यालयहरूलाई समेत समेटेको देखिएको छ ।

कतिपयले चीनको सहयोगमा चिनियाँ भाषा केन्द्रहरू सञ्चालन  गरिसकेका छन् ।

यो शैक्षिक सम्झौता अनुसार भारतीय विद्यार्थीहरूले चिनियाँ सिक्ने र चिनियाँ विद्यार्थीहरू हिन्दी भाषा सिक्ने छन् ।

सन् २०१६–१७मा भारतीय विद्यार्थीहरूको संख्या चीनमा १८ लाख पुगेको बेइजिङस्थित भारतीय दूतावासको डेटाले जनाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।