पोखराको त्रिशूली डाँडामा बस दुर्घटना, ३० यात्रु घाइते
पोखरा, १७ असोज । पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा बस दुर्घटना भएको छ । शुक्रबार बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नं को बस सडकबाट ६० फिट तल खस्दा ३० जना यात्रु घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया