फुटबल बिवादमा काभ्रेको रोशीमा गोली चल्यो
काभ्रेपलाञ्चोक, २० असोज । फुटबल प्रतियोगिताको विषयमा विवाद भएपछि काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको छ ।
दशैँको अवसरमा रोशी गाउँपालिका–११ कालढुङ्गामा पञ्चबुद्ध युवा क्लबले आयोजना गर्ने ‘खुल्ला बृहत रोशी कप’को तयारी भइरहेका बेला प्रतियोगिताको स्थान अन्य विषयमा युवाहरुबीच विवाद हुँदा गोली चलेको हो ।
गोली कसले चलायो भन्ने थाहा नभएको र गोली चलाउनेको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनले गोली चले पनि कसैलाई नलागेको प्रहरीको भनाई छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
प्रतिक्रिया