अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
अर्घाखाँची, २० असोज । अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।
कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।
घटनास्थलबाट ५ जना घाइतेलाइ उपचारको लागि सन्धिखर्क ल्याउँदै गरिएको र आफूहरु घटनास्थल तर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
मृतक र घाइतेहरुको परिचय खुल्न र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया