प्रधानमन्त्री ओलीले नेता, मन्त्री, सांसद र सर्वसाधारणलाई टिका लगाइदिने
काठमाडौं, २१ असोज । बडा दशैँको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।
ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री, सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिने छन् ।
प्रम ओलीले आज मात्रै सर्वसाधारणलाई टिका लगाइदिने कार्यक्रम भएको जनाइएको छ ।
प्रतिक्रिया