राष्ट्रपति भण्डारीले लगाइदिइन् प्रम ओलीलाई टिका
काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हाटबाट टिका ग्रहण गरेका छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका ओलीलाई दशैंको टीका, जमरा र माला लगाइदिएकी हुन् ।
भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर
पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिएकी हुन् ।
प्रतिक्रिया