चीन भन्छ – ‘नेपालसँगको बढ्दो निकटता अरूलाई घोक्रेठयाक लगाउन होइन’

चीन भन्छ – ‘नेपालसँगको बढ्दो निकटता अरूलाई घोक्रेठयाक लगाउन होइन’

काठमाडौ  अमेरिका समर्थित इन्डो प्यासिफिक स्टे«टजी नेपालका लागि उचित नभएको जनाउँदै चीनले नेपालसँगको चीनको बढदो निकटता अरूलाई घोक्रेठयाक लगाउन नभएको जनाएको छ ।

‘द डिप्लोम्याट पत्रिका’ले चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमणको सन्दर्भमा सार्वजनिक गरेको एक आलेखमा चिनियाँ प्रस्तावित बेल्ट एन्ड रोड इन्सिएटिभ र अमेरिकाको इन्डो प्यासिफिक स्टे«टजीबीच नेपाल फस्न पुगेको भनाइ बारे प्रतिक्रियामा ग्लोबल टाइम्सले यस्तो जनाएको हो  ।

ग्लोबल टाइम्सले बीआरआई र इन्डो प्यासिफिक विषयमा सार्वजनिक आलेखमा नेपालमा अमेरिकी आर्थिक ताकतबारे बढाइचढाइ गरेको समेत जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दृढतापूर्वक इन्डो प्यासिफिकलाई बढाइरहेका छन् तर उनको राजनीतिक बोलीले नेपालका लागि लगानीकर्ताको चाहना तान्न सकेको छैन् ।

इन्डो प्यासिफिकको सञ्चालनसम्बन्धी विवरणको अभावमा यो एक अवधारणा बाहेक अगाडि बढन सकेको देखिएको छैन् ।

नेपालको विकास विस्तारमा सहयोग गर्ने पहिला देशहरू मध्ये एक हो

तर बोगर्ने पत्रिकाका अनुसार  सन् २०१७सम्म नेपालमा अमेरिकी विदेशी सहयोग ११ करोड ५० लाख मात्र रहेको र नेपालले दुई पक्षीय र बहुपक्षीय दाताहरूबाट थोरै मात्र प्राप्त गरेको देखिएको छ ।

नेपालको आर्थिक बृद्धि यो वर्षमा ६ प्रतिशत भन्दा माथि जाने अपेक्षा गरिएको छ र यो बलियो बृद्धि दर हो ।  नेपालले यसबाट विदेशी लगानीकर्तालाई नेपाली अर्थतन्त्रमा लगानी गर्न सन्देश दिने प्रयास गरिररहकेो छ ।

यो महत्वपूर्ण समयमा बीआरआईको तुलनामा इन्डो प्यासिफिक स्ट्रेटजी ओठे बोलमा मात्र रहेको आकर्षणहीन जस्तो देखिन्छ ।

बीआरआईमा नेपालको उदाउँदो महत्वलाई ध्यान दिएर चीनले हालका वर्षमा पूर्वाधार क्षेत्रमा विशेषरूपले लगानी लगाउने गरी नेपालसँगको सम्बन्धलाई बलियो पार्दै आएको छ ।

यसअन्तर्गत सिभिल अस्पतालको विस्तार , पोखराको अन्तर्राष्ट्रिय विमानस्थललगायतका चिनियाँ सहयोगमा उल्लेनीय परियोजनाहरू रहेका छन् ।

औपचारिक आँकडाले नेपालमा प्रत्यक्ष विदेशी लगानीको शीर्ष स्रोतमा चीन रहेको छ भने नेपालको दोस्रो ठूलो व्यापार साझेदार छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा व्यापार, ऊर्जा र पूर्वाधारजस्ता विविध विषयमा थप दुई पक्षीय सम्बन्धको विस्तार हुने अपेक्षा गरिएको छ ।

केही विषयमा पछि परेको नेपालमा चीनको बढदो आर्थिक उपस्थितिले भारतलाई यसबारे सजग पारेको छ ।

भूपरिवेष्ठित देश नेपालमा नेपाल भारत सीमा आरपार तेल पाइपलाइनको उद्घाटन सेप्टेम्बरमा गरियो ।

 चिनियाँ बढदो उपस्थितिलाई सन्तुलनमा राख्न नेपालसँग भारतको सम्बन्ध विस्तार हुनु भूराजनीतिक आवश्यकता भएको र यो खराब विषय नभएको जनाउँदै ग्लोबल टाइम्सले नेपालको अर्थतन्त्रले चीन भारत प्रतिस्पर्धाबाट लाभ लिन सक्ने जनाएको छ ।

ग्लोबल टाइम्सले भनेको छ –हामीले अमेरिकालाई यो प्रतिस्पर्धामा सामेल हुन  र भूपरिवेष्ठित देशका लागि ठोस लाभहरू ल्याउन सल्लाह दिन्छौं ।

यसले खोक्रो इन्डो प्यासिफिक स्ट्रेटजी भन्दा भरेको भाँडो लिन लगाउँछ ।”

नेपाल चीनबीचका राम्रा सम्बन्धले नेपालबाट भारत वा अमेरिकाकोे भूमि गुम्ने बुझाइ यो दुई देशबीचको सम्बन्धबारे भन्नु एक अतिशयोक्ति भनाइ  हुनेछ ।