चिनियाँ राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीसँग भेटन मामल्लापुरम नै किन रोजे ?
काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपितले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग राजधानी बाहेक अन्य ठाउँ मध्ये मामल्लापुरम नै रोज्नुको कारण भारतको तमिलनाडु र चिनियाँ प्रान्त फुजियानबीचको शताब्दीयौं पुरानो व्यापार तथा सांस्कृतिक सम्बन्ध रहेको छ ।
सी राष्ट्रपति बन्नु अघि फुजियान प्रान्तका गर्भनर पदमा काम गरिसकेकाले चीन र भारतबीचको १४०० वर्ष पुरानो व्यापार सम्बन्धलाई फेरि चर्चामा ल्याउन रहेको देखिएको छ ।
फुजियानको बन्दरगाह भएको शहर क्वानझाउ र भारतको दक्षिणी प्रान्त तामिलनाडुको सामुद्रिक किनाराबीचको व्यापारिक सम्बन्धका प्रमाणहरू रहेका छन् ।
क्वानझाउमा भएको उत्खननबाट सयौं कलाकृति फेला परेको छ जसले भारतीय मन्दिरको कलागढी नमूना दर्शाउँछ ।
यी उत्खननले तामिल समुद्री व्यापारीहरूले क्वानजाझसँगको सम्बन्ध विस्तार गरेको साक्षी बयान दिइरहेको छ ।
७औं ८औं शताब्दीमा मामल्लापुरमको सामुद्रिक किनारमा रहेको कोरोमान्डेलका केही स्मारकका कलाकृतिको अवलोकन भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सीलाई शुक्रबार गराउने भएका छन् ।
मोदीले सीको भेटवार्ता राजधानी बाहिर आयोजना गर्न भनेपछि सीको इच्छालाई कदर गरी मामल्लापुरमलाई छनौट गरिएको हो ।
सन् १९९४मा मामल्लापुरमलाई विश्व सम्पदास्थलमा सूचीकृत गरिएको थियो ।
यसका अतिरिक्ति पल्लव वंशको शासन कालमा बौद्ध भिक्षु हुएन साङले कान्चीपुरमको भ्रमण गरेका थिए भने बोधिधर्माले चीन र जापानमा जेन बौद्धधर्मको प्रचारगर्न यहीबाट गएको पाइन्छ ।
पल्लब र चोल बंशका बेला क्वानझाउ र फुजियान प्रान्तबीचको पुरानो व्यापारिक सम्बन्ध रहेको पाइन्छ । सी १९९९–२००२सम्म सी फुजियानका गभर्नर भइ काम गरेका थिए ।
१३औं शताब्दीमा तामिलहरूले क्वानझाउमा शिवको मन्दिर बनाएका थिए ।
चीन र भारतबीचको प्राचीन सम्बन्धका कारण सीले मामल्लापुरमलाई रोजेका थिए ।
भारत र चीनका दुई नेताबीचको अनौपचारिक शिखर वार्ताका लागि यो क्षेत्रलाई सिंगारिएको छ ।
गत वर्ष मोदीले चीनको वुहानमा राष्ट्रपति सीसँग अनौपचारिक शिखर वार्ता गरेका थिए ।
त्यसको प्रत्युत्तरमा सीको यो शुक्रबारको भारत भ्रमण हुन लागेको हो ।
प्रतिक्रिया