सी जिनपिङको भ्रमणले नेपालको विकासमा दूरगामी महत्व राख्छः अध्यक्ष प्रचण्ड
चितवन, २४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपालको विकासमा ऐतिहासिक एवम् दूरगामी महत्व राख्ने बताएका छन् ।
चितवनको माडीमा आयोजित कार्यक्रममा प्रचण्डले जे सहमति हुँदैछ यसले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा आफुहरु विश्वस्त रहेको बताए ।
२३ वर्षअघि चिनियाँ राष्टपति नेपाल आएको स्मरण गर्दै उनले यो अवधिमा दुबै देशमा ठूलो परिर्वतन भएको बताए ।
राष्ट्रपति सी भारतबाट नेपाल आउन लागेको भन्दै उनले यो भ्रमणले नेपाल, चीन र भारतको सम्बन्धमा पनि महत्व राख्ने बताए ।
प्रतिक्रिया