चिनिया राष्ट्रपतिको राजकीय भ्रमणमा आइतबार देशभर सार्वजनिक बिदा
काठमाडौं, २४ असोज । चीनका राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रपति सी असोज २५ गते भारतको चेन्नइबाट काठमाडौं अवतरण हुँदैछन् ।
सी आउने दिन शनिबार परेकाले सरकारले भोलिपल्ट आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सी आइतबार बिहान १० बजे चीन फर्कने छन् ।
गृहमन्त्रालयले बिहीबार सूचना प्रकाशित गरि मन्त्रिपरिषद्को २३ गतेको निर्णयानुसार नेपालभरका सबै सरकारी कार्यालय, सङ्घ–संस्था र निकायहरू, शिक्षण संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगमा समेत बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
प्रतिक्रिया