सीको स्वागतमा राष्ट्रपति भण्डारी र मन्त्रीपरिषद्का सबै सदस्य विमानस्थल पुग्ने
काठमाण्डौ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्य विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दिउँसो चार बजे विमानस्थल पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।
सीको स्वागतका लागि उपत्यकाका निजामति कर्मचारीहरुलाई सरकारले सडक किनारामा अनिवार्य उपस्थितिका लागि आदेश दिएकोछ ।
प्रतिक्रिया