चिनियाँ राष्ट्रपति सी लाई बिमानस्थलमा २१ तोपको सलामीसहित भव्य स्वागत
काठमाडौं, २५ असोज । दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं उत्रिएका चिनियाँ राष्ट्रपति सीको राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा लगायतले भव्य स्वागत गरेका छन् ।
अपराह्न ४ः४७ मा विशेष विशेष विमानबाट काठमाडौं अवतरण भएका सीको स्वागतमा चिनियाँ नागरिक समेत सडकमा आएका छन् ।
सीको स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी विमान अगाडि नै गएकी थिइन् । राष्ट्रपति सीको स्वागतमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विमान अघिल्तिर पुगेका थिए ।
राष्ट्रपति सीलाई अति विशिष्ट कक्षमा पुर्याउन चारवटा बुलेट प्रुफ गाडी झिकाइएको थियो ।
अतिविशिष्ट कक्षमा राष्ट्रपति सीले प्रधानमन्त्रीसँग केहीबेर भलाकुसारी गर्नेछन् । त्यसपछि राष्ट्रपति सीलाई नेपाली सेनाको विशेष टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद प्रदान गर्नेछ । त्यसपछि राष्ट्रपति सी होटल सोल्टीमा केहीछिन आराम गर्नेछन् ।
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच साँझ ६ः३० बजे भेटवार्ता हुनेछ ।
प्रतिक्रिया