राष्ट्रपति भण्डारी र सीबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति भण्डारी र सीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका दुई पक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । 

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका हुन् । 

२३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखको नेपाल भ्रमण भएको हो । राष्ट्रपति सीलाई विमानस्थलदेखि होटल सोल्टीसम्म भव्य स्वागत गरिएको थियो । 

उनी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।