सी को सम्मानमा एयरपोर्टदेखि सोल्टीको रात्रीभोजसम्म ...(तस्बिरसहित)
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी सीले शनिबार साँझ शीतल निवासमा द्विपक्षीय भेटवार्तामा सम्बोधन गरेका छन् ।
शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको थियो ।
भेटवार्तामा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी ले दुइदेशबीच लामो समयदेखि असल र प्रगाढ सम्बन्ध रहिआएको र यसलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
भेटमा चिनियाँ राष्ट्रपति सी ले नेपाल चीनको अत्यन्तै नजिकको मित्र भएकाले जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको बताएको शितल निवासले जनाएको छ ।
सम्बोधन पछि राष्ट्रपति भण्डारीद्वारा समकक्षी सी को सम्मानमा सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक भएका छन् । उक्त रात्रिभोजमा विभिन्न दलका शीर्ष नेताहरुको समेत उपस्थिति रहेको छ ।
प्रतिक्रिया