नेपाल चीन सम्बन्ध नयाँ स्तरमा
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइँ प्रदान गरेको छ ।
विकास र समृद्धिका लागि नेपाल चीनको अटुट मित्रताले रणनीतिक साझेदारीमा यी दुई देशले आफ्ना सम्बन्धलाई स्तरोन्नति गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँगको भेटपछि दुई देशबीच यस किसिमको सम्झौता बनेको छ ।
राष्ट्रपति भण्डारीसँगको भेटवार्ताको क्रममा सीले आफू नेपालीहरूको हँसिलो अनुहार हेर्न चाहेको बताए ।
साथै सीले दुई देशबीच भएका उच्चस्तरीय भ्रमणहरूले दुई देशबीचको परम्परागत सम्बन्ध नयाँ र उच्च तहमा पुगेको बताए ।
नेपाल एक चीन नीतिप्रति दृढतापूर्वक रहेको विषयको प्रशंसा गर्दै सीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सुरक्षाका लागि सहयोग गर्न चीन सदैव तयार रहने जनाए ।
सन्तुलित, खुला र समृद्ध चीन नेपाल र बाँकी विश्वका लागि विकासको अवसर हुने उनले जनाएका थिए ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति सीको नेतृत्वमा बृद्धि हुने चिनियाँ समृद्धिबाट नेपाल लाभान्वित हुने बताइन् ।
प्रतिक्रिया