सीले मोदीलाई के के सोच्न भनेर  नेपाल छिरे ?

सीले मोदीलाई के के सोच्न भनेर  नेपाल छिरे ?

काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनिफिङले नेपालको औपचारिक भ्रमणमा आउन अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई थप विचार गर्न केही प्रस्तावहरू छोडे ।

शुक्रबार तमिलनाडुको महाबलीपुरममा आयोजित अनौपचारिक दोस्रो शिखर सम्मेलनको क्रममा पुगेका सीले शनिबार नेपाल आउन अघि चीन र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन केही प्रस्तावहरू अगाडि सारेर आएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

दुई पक्षीय र प्रमुख अन्तर्राष्ट्रिय विषयहरूमा दुबै नेताले छलफल गरेको जनाउँदै सिन्हवाले चीन र भारतले एक अर्काको विकास र आपसी विश्वासको रणनीतिक समृद्धिका विषया ठीक ढंगले विचार गर्नुपर्ने पहिलो प्रस्ताव सीले दिएको जनाएको छ ।

दुई देशको नेतृत्वले ठीक छनौट गरे दुई देशका जनताका आधारभूत स्वार्थहरूको रक्षा गर्दै ड्रयागन र हातीलाई एक साथ नचाउन सक्ने  दोस्रो प्रस्तावको रूपमा दुई देशले समसामयिक र प्रभावकारी रणनीतिक संवाद, आपसी समझदारी तथा सहयोगको अभिवृद्धि र दुई देशबीचको सम्बन्धहरूलाई समान्य दिशामा जान दिन दृढतापूर्वका लाग्नुपर्ने आवश्यकता प्रस्तुत गरे ।

 यसका लागि आपसी अविश्वास र आशंकालाई हटाएर दुई देशबीचका मतभेद र संवेदनशील विषयलाई ठीक ढंगले हल गर्न चाहनु पर्ने उनले जनाए ।

तेस्रो प्रस्तावको रूपमा दुई देशबीचको सैन्य र सुरक्षा सम्बन्धको आदान प्रदान तथा सहयोगमा प्रभावकारी सुधार ल्याउन दुई देशले सोच्नु पर्ने छ । 

चौथो प्रस्ताव दुई देशका स्वार्थहरूका लागि गहिरो व्यवहारिक सम्बन्धहरूलाई कसिलो गाँठोमा बाध्नुपर्ने छ ।

यसका लागि आर्थिक र व्यापारिक सम्बन्धका लागि एक उच्चस्तरीय संवाद संयन्त्रको निर्माण गर्नुपर्ने आवश्यकता सीले औंल्याएका थिए ।

पाँचौ प्रस्तावको रूपमा दुई देशबीचको मित्रतालाई थप बलियो बनाउने सांस्कृतिक र जनता जनताबीच आवगमनलाई समृद्ध गर्नुपर्ने छ ।

छैटौं प्रस्तावको रूपमा दुई देशले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलिाहरूमा सम्बन्ध सुदृढ गर्नुपर्ने रहेको छ ।

सीले नेपालको औपचारिक भ्रमणमा आउनु अघि भारतका प्रधानमन्त्री मोदीलाई यी विषयहरूमा गम्भीर भइ सोच्न भनेका थिए ।

पाँच वर्षयता सी र मोदी १७ पटक भेटिसकेका छन् । सीले मोदीलाई फेरि चीनमा भेटन निम्तो दिएर आए ।

मोदीले उचित समयमा फेरि राष्ट्रपति सीसँग भेटन चाहेको बताएका थिए ।