सीले नेकपा नेताहरुसँग सामूहिक भेट्ने, प्रचण्डसँग छुट्टै भेटेर १ बजे स्वदेश फर्किने
काठमाडौं, २६ असोज । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार सत्तारुढ नेकपाका सचिवालय सदस्यहरुलाई सामूहिक भेट गर्ने भएका छन् ।
नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले भने वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।
नेकपा एक नेताका अनुसार प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको हो ।
नेकपा नेतासँगको भेटपछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ ।
द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ ।
वर्तापछि सी होटल फर्कने छन् र दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने छन् ।
प्रतिक्रिया