रौतहटमा बम विस्फोट काण्डमा संलग्न कांग्रेस सांसद अफताब आलम पक्राउ
काठमाडौं, २६ असोज । रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफताव आलम पक्राउ परेका छन् ।
उनी पूर्व श्रममन्त्री समेत हुन् । अनुसन्धानका लागि आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ । प्रहरीका अनुसार ०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका आठ जनालाई इँटा भट्टीमा जलाएर मारेको आरोप आलममाथि छ ।
मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएका थिए । आलम रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सोही आरोपमा यसअघि पक्राउ परेका दुईजनाको बयानको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रतिक्रिया