यी हुन् सी चिनफिङले नेकपालाई दिएका पाँच सुझाव...
काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ नेकपाको सचिवालय सदस्यहरुसँगको भेटमा पार्टी र सरकार सञ्चालनका लागि पाँच वटा सुझावहरु दिएका छन् ।
आइतबार भएको भेटमा उनले भनेः
१ नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ ।
२ नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी)को सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ ।
३ चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ ।
४ अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं । हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं । हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन ।
५ नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन् । त्यसमा ध्यान दिनुपर्छ ।
प्रतिक्रिया